ब्लग

सधैंका लागि बिदा भएकी साथीको सम्झनामा

बैशाखको महिना, खेतमा मकै छर्ने सिजन थियो । आमा बुबा खेतमा जान भ्याउनुभएन । आमाले खेत जोत्ने दाईलाई खाजा, एउटा कोदालो, मकै र सिमीको बिउ लिएर मलाई खेतमा जान भन्नुभएको थियो । कक्षा ९ को अन्तिम परीक्षा दिएर नतिजा पर्खिरहेको बेला थियो । नतिजा हाम्रो खेतमा मकै छर्ने त्यहि दिन नै प्रकाशन हुने भएछ ।

सुस्मिताले अघिल्लो दिन नै रिजल्ट आउने थाहा पाएकी रहिछे । उसले बुबालाई भनेकी रहिछ- ‘भोली मेरो रिजल्ट आउँछ, रिजल्ट लिन म आफैं स्कुल जान्छु । मनिषा पनि आउँछु भन्नुभएको छ ।’ एउटै कक्षामा पढ्ने एउटै उमेरकी साथी भएपनि सुुस्मिताले मलाई तपाईं भन्थी । नाताले म उसको नन्द पर्थें । म भाउजु पर्ने भएपनि उसलाई तँ नै भन्थेँ । मैले उसलाई धेरै पटक भनेको पनि थिएँ मलाई तपाई नभन् भनेर । तर उ कहाँ टेर्थी र ? असल बुहारी बन्न लागिपरेकी थिई ऊ ।

२९ बिद्यालयको स्रोतकेन्द्र हाम्रो बिद्यालयमा थियो । त्यही स्रोतकेन्द्रका स्रोतब्यक्तीको छोरीको रुपमा पनि मैले सुस्मितालाई चिन्थे । पछि उसले मेरै गाउँका एक दाइसँग विवाह गरि । नाताले मैले उसलाई भाउजु भन्नुपर्ने भयो । दाइ उपाध्याय ब्राह्मण र सुस्मिता क्षेत्री थिए ।

सुस्मिताको वाल विवाह भयो । उसले आफूले मन पराएको केटासँग नै विवाह गरेकी थिई । तर, जवरजस्ती । सुस्मिता र म एकै ठाउँका होइनौँ । बिद्यालयस्तरका कार्यक्रम र प्रतियोगिताहरुमा हाम्रो भेट हुन्थ्यो । त्यही शिलशिलामा हाम्रो चिनजान भयो । २९ बिद्यालयको स्रोतकेन्द्र हाम्रो बिद्यालयमा थियो । त्यही स्रोतकेन्द्रका स्रोतब्यक्तीको छोरीको रुपमा पनि मैले सुस्मितालाई चिन्थे । पछि उसले मेरै गाउँका एक दाइसँग विवाह गरि । नाताले मैले उसलाई भाउजु भन्नुपर्ने भयो । दाइ उपाध्याय ब्राह्मण र सुस्मिता क्षेत्री थिए ।

सुस्मिताको माईती र घरको दूरी त्यस्तै ५ किलोमिटर जति हुँदो हो । उसलाई कुटानी पिसानीका लागि हाम्रै गाउँको मिलमा आउनुपथ्र्यो । त्यही क्रममा मिल साहुको छोरा र उसको प्रेम भएछ । केटा गाउँकै क्याम्पसमा १२ कक्षामा पढ्दै थिए ।

उनीहरुको प्रेम प्रसंग चर्चित बनेको थियो । सुस्मिताका बुबाले सुस्मिता र उसको प्रेमीलाई कुनै चौतारीमासँगै देखेका थिए रे । चौतारीमा दौतरीसँग बात मारेकी उसले बुबाको इज्जत जोगाउन विवाह गर्नु पर्यो । भबिष्यको कुनै योजना, केही बन्ने सपना पुरा नहुँदै ऊ विवाह ‘बन्धन’मा बाँधिन पुगी ।

त्यतीबेला सुस्मिता ८ कक्षा पढ्दै थिई । विवाहपछि ऊ म पढ्ने विद्यालयमै पढ्न थालि । हामी मिल्ने साथी भयौँ । पढ्ने कक्षा र बस्ने बेञ्च पनि एउटै भयो । सुरुका केही दिनसम्म ऊ खुशी नै थिई । घरमा दैलो पोतेको, श्रीमान्ले माया गरेको कुरा खुशी साथ सुनाउँथी ।

उसको त्यो खुशी धेरै समय टिकेन । विवाहको ६ महिना जति पछि उसले घरबाट बिद्यालय पठाउन मन नगरेको कुरा बताएकी थिई । उसको बिद्यालय कम मात्र आउन गयो । कहिलेकाहीँ मात्र स्कुल आउँथी । मैले उसलाई सोधेको थिएँ- के चलिरहेको छ जीवनमा ? जवाफमा उसले बताएकी थिई ‘ब्राह्मण र क्षेत्री बिचको विभेदले मलाई बाँच्न नदिने भयो ।’

के भनेकी ? मैले थप कुरा खोतल्ने कोशिस गरेँ । ‘माईतीमा धेरै खुशी र पुल्पुलिएर हुर्किएँ, कुनै बन्देज भएन । तर अहिलेको घरमा जनावरलाई झैँ दैलोको छेउमा खाना पस्किदिन्छन् । अरुले पोतेको दैलो टेक्ने अधिकार छैन मलाई । क्षेत्रीको छोरी भएकाले बाहुनले पोतेको दैलो टेक्नु हुन्न भन्छन् । मैले यस्तो सहनुपर्दा मैले प्रेम गरेर विवाह गरेको श्रीमान् पनि चुइक्क बोल्दैनन् । म धेरै तनावमा छु । आत्महत्या गर्ने सोचमा छु ।’ उसले निकै गम्भीर भएर भनेकी थिइ ।

मैले उसलाई सोधे- के भनेकी ? मैले थप कुरा खोतल्ने कोशिस गरेँ । ‘माईतीमा धेरै खुशी र पुल्पुलिएर हुर्किएँ, कुनै बन्देज भएन । तर अहिलेको घरमा जनावरलाई झैँ दैलोको छेउमा खाना पस्किदिन्छन् । अरुले पोतेको दैलो टेक्ने अधिकार छैन मलाई ।

उसको यो प्रतिक्रियालाई मैले सामान्य रुपमा लिएँ र मैले हासोमा उडाइदिएँ । खासमा यस्तो गम्भीर कुरा मैले बुझ्ने बेला पनि भएको थिएन । शायद मैले कुनै विभेद खेप्नु नपरेकोले पनि होला । उ, दिनप्रतिदिन गल्दै गएकी थिई । जसको कारण उसको घरपरिवारको ब्यबहार र श्रीमानको हिंसा थियो ।

मैले उसलाई यस्तो सहेर नबस्न आग्रह पनि गरें । २० वर्ष नपुगि गरेको विवाहले कानुनी मान्यता पाउँदैन भन्ने सुनेको थिएँ । त्यहि भएर पनि घर र श्रीमान् छोड्न मैले उसलाई सुझाव दिएको पनि थिएँ भनेको पनि थिएँ । तर, सुस्मितामा त्यो हिम्मत थिएन । उसका पढेलेखेका, लोकले चिनेजानेका बुबाले उनलाई त्यही घरमा विवाह गरेर पठाइसकेका थिए ।

उ, दिनप्रतिदिन पिरोलिंदै गएकी थिई । पढाइमा पनि नकारात्मक प्रभाव परिसकेको थियो । विहे अघिसम्म ऊ सधै कक्षामा प्रथम हुन्थी । अतिरिक्त क्रियाकलापहरुमा पनि उ अब्बल थिइ । तर उसको पढाइ दिनानुदिन कमजोर बन्दै गएको थियो । ‘घरखाने’ क्रममा घरले नै उसलाई खाइरहेको थियो ।

एकदिन उसले आफु अब माइतीमा नै बस्ने योजना सुनाई । उ त्यहींबाट पढ्न बिद्यालय आउने भइछ । मलाई खुशी लाग्यो । अब त ऊ त्यो बन्धन र पिरलोबाट मुक्त हुने भइ भन्ने सम्झेर म खुशी भएँ । उ, जन्मघरमै बस्न थाली । तर, उसको श्रीमान् माइतीघरमै गएर दुख दिने क्रम पनि जारी नै थियो । ऊ मलाई त्यसबारेको दुख सुनाइरहन्थी ।

उसको विवाहको २ वर्षमात्र पुरा भएको थियो ।

सुस्मिता त अब मेरो स्मृतिमा मात्र छ । उसको सम्झना आउँदा मन अमिलो भएर आउँछ । उसलाई सम्झेपिच्छे मेरो मनले प्रार्थना गरिरहन्छ- ‘तँ त गैहालिस्, कुनैपनि घर परिवार र समाजको ब्यवहारले कसैले पनि अनाहकमा ज्यान गुमाउनु नपरोस् ।’

त्यो दिन ९ कक्षाको नतिजा थाहा पाउने हतारोमा थिएँ । हतार हतार मकै छरेर फर्किदै थिए । विहानको ११ बजेको थियो सायद । बाटोमा मलाई कसैले सुस्मिताले आत्महत्या गरेको खबर सुनायो । म त्यहिँ थचक्क बसेँ । धेरैबेर रोएँ । मलाई छोडेर उ गएकोमा अति नै दुःख लाग्यो । उसले यस्तो निर्णय गर्नुअघि उसले मलाई एकपटक पनि किन भेटिन भन्ने पनि लाग्यो मनमा । यदि मलाई यो कुरा भनेकि भए म कुनै न कुनै रुपमा उसलाई फकाउन सक्थेँ वा उसका अभिभावकलाई भन्ने थिएँ भन्ने पनि सम्झिएँ ।

म घर नगई सिधै उसको माइती घर पुगेँ । यो खबर साँचो नहोस् भन्ने लागेको थियो । म पुग्दा उसका बुबा छोरीको शवलाई अंगालो हालेर रोइरहेका रहेछन् । मलाई ऊ रिस पनि उठ्यो । यसरी जीवनसँग हारेको देखेर । बाँच्नको लागि पनि उसँग प्रशस्त कारण थिए । उसले बिकल्प खोज्नुपथ्र्यो । म घरि यस्तै सोच्दै त घरि रुँदै रुँदै फर्किएँ ।

यो घटनाले सायद मेरो मनोविज्ञानमा गम्भीर असर गरेछ । म धेरै रात सुत्न सकिन । महिना दिनसम्म बिरामी परेँ । मैले नजिकैबाट बुझेकी मेरी प्यारी साथीलाई अल्पआयुमै गुमाउनुपरेको पिडाले आज पनि मन कुँडिन्छ । उसको परिवारसँगै मलाई पनि रुवाएर ऊ सँधैको लागि अस्ताएकी थिई । आज उ बितेको ९ वर्ष भइसक्दा पनि उसको हसिलो अनुहार, मायालु ब्यवहार र संवेदनशिलता मेरो मस्तिष्कमा घुमिरहन्छ । सुस्मिताको बुबासँग भेट भयो कि त्यसदिन पनि मेरो छोरीले तिम्रो नाम लिएकी थिई भन्दै मलाई अंगालो हालेर रुनुहुन्छ । मलाई थप दुख्ख लाग्छ ।

ऊसले यस्तो निर्णय गरि यसमा उ गलत थिइ भन्न त सजिलो छ तर यसका पछाडिका कारणहरुबारे खोजीनिती गर्नुपर्छ जस्तो लाग्छ मलाई । यस्ता कति होलान् जो बर्षेनी यस्ता ब्यवहार सहन नसकेर कलिलो उमेरमै आफ्नो जीवन माया मार्न बाध्य छन् । घरपरिवारले बेलैमा बुझिदिएको भए वा विद्यालय र शिक्षकहरुले पनि अलिकति हस्तक्षेप गरिदिएको भए सुस्मिताले यस्तो निर्णय गर्ने थिइन भन्ने लाग्छ र यो सम्झिँदा मलाई औधी पीडा हुन्छ ।

सुस्मिता त अब मेरो स्मृतिमा मात्र छ । उसको सम्झना आउँदा मन अमिलो भएर आउँछ । उसलाई सम्झेपिच्छे मेरो मनले प्रार्थना गरिरहन्छ- ‘तँ त गैहालिस्, कुनैपनि घर परिवार र समाजको ब्यवहारले कसैले पनि अनाहकमा ज्यान गुमाउनु नपरोस् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *