धर्म र संस्कृतिले निम्त्याएको सामाजिक द्वन्द्व

काठमाडौं । धर्म भन्नाले समाजमा चलिरहेको कला संस्कृति, रीतिरिवाज हो भन्ने बुझिन्छ । तर धर्मको फरक अस्तित्व र फरकपन भने हुन्छ ।

मान्छे जन्मिने बित्तिकै एउटा धर्मसँग जोडिएको हुन्छ । हामी जन्मिएको समाजमा आ–आफ्नै कला, संस्कृति र रीतिरिवाज हुन्छ । र मान्छे परम्परागत संस्कृतिको बन्धनमा बाँधिन्छ ।

कला, संस्कृति र रीतिरिवाजले समाजलाई एउटा पूर्णता दिन्छ र समाजको सुन्दरतामा थप जग बन्छ ।

धर्मले समाजलाई मात्र होइन पूर्ण समाज, राज्य र देशलाई एउटा पूर्णताको आभास दिलाउँछ । संस्कृतिले मान्छेको पहिचानलाई चिनाउँछ भने धर्मले शास्त्र, ग्रन्थ र सम्पूर्ण मानव समाजको ज्ञानलाई दर्साउँछ ।

तर, पछिल्लो पटक कतिपयले संस्कृतिलाई नै धर्म हो भन्ने सन्देश दिएर धर्मको स्थापना गरेको पाइन्छ । हुन, त अहिले देशअनुसार धर्म पनि फरक फरक हुन्छ । तर संस्कृतिलाई नै धर्म हो भन्ने मान्यता भने गलत ठहरिन्छ ।

एसियाली मुलुकको आफ्नै सभ्यता र संस्कृति छ । युरोपेली मुलुकमा पनि त्यसै गरि आफ्नै सभ्यता र संस्कृति रहेको पाइन्छ । अफ्रिकी मुलुकको सभ्यता र संस्कृति झन् बेग्लै किसिमको रहेको पाइन्छ । विश्वमा हरेक देश अनुसार आफ्नै मौलिकता सहितको धर्मको स्थापना रहेको पाइन्छ ।

एसियाली मुलुकका पनि देश अनुसार संस्कृति फरक रहेको पाइन्छ । नेपाल, भारत जस्ता मुलुकमा हिन्दु धर्मको बाहुल्यता पाइन्छ, त्यसैसँग जोडिएको चीनमा धर्मको कुरा गर्ने हो भने बौद्ध धर्मको बाहुल्यता पाइन्छ । भारतसँग जोडिएको पाकिस्तान,बङ्गलादेश अफगानिस्तान जस्ता देशमा मुस्लिम धर्मको बाहुल्यता रहेको छ । आजको विश्व र आजको विश्वलाई नियालेर धर्मको बारेमा अध्ययन गर्ने हो भने हरेक मान्छेले आफ्नो संस्कृतिलाई नै धर्म मानेका छ । के संस्कृति नै धर्म हो त ? यो बहसको विषय हो ।

के हो धर्म ?

धर्म आफैमा एउटा शब्द मात्र हो, तर यसलाई गहन अध्ययन गर्ने हो भने धर्म नै सबै कुराको उत्पत्तिको कारक तत्त्व हो । धर्म नै सबै कुराको जननी हो, मान्छेको उत्पत्ति देखि मानव समाजको विकास क्रममा आवश्यक पर्ने सबै कुराको उत्पत्ति नै धर्मको प्रमुख केन्द्र हो । आदिम मानव समाजको कुरालाई अवलोकन गर्ने देखी ढुङ्गे युगका मानव समाजको अवलोकन र अध्ययन गर्दा हरेक कुराको उत्पत्ति नै धर्मबाटै भएको मानिन्छ । तर वैज्ञानिक समाजले यो कुरालाई स्वीकार गर्न नसक्ला । समाजको बिकासक्रम मानवको चेतनाको विकासले भएको भन्ने भौतिकबादीहरुको भनाई पनि छ तर हामीले धर्म र संस्कृतिबारे गहन अध्ययन गर्ने हो भन विज्ञान पनि धर्मको एउटा पाटो रहन जान्छ । तसर्थ भन्न सकिन्छ– धर्म नै प्रकृति हो ।

प्रकृतिमा घटित घटनाको कारण नै विज्ञानको ज्ञान हो । आज मान्छे जति कुराको पनि खोज र अनुसन्धान ग¥यो र मानव समाजको विकासलाई यहाँ सम्म ल्याएको छ । त्यो सबै धर्मको कारण मात्र सम्भव भएको हो । आजको समाज जति पनि कुरा प्राप्त गर्न सक्यो त्यो सबै ग्रन्थको अध्ययनले गर्दा सफल भएको हो, आजको समाजले जति पनि टेक्नोलोजी लाई यहाँसम्म पु¥याउन सफल भएको छ त्यो सबै कुरा कतै न कतै धर्मका शास्त्रीय ग्रन्थ र वेदका अध्यायमा यसको ज्ञान रहेको कुरा स्पष्ट हुन्छ । धर्म आफैमा कुनै कुरा पनि गर्दैन तर धर्म रहेका कुरा कारक बनेर सधैँ पथ मार्गमा पदयात्रा रहन्छ । आजसम्म जति पनि शासनकाल परिवर्तन हुँदै आए त्यसमा पनि धर्मको कुनै न कुनै किसिमको सहायता रहेको पाइन्छ। यस्तो कुरा गर्दा शासनकाल परिवर्तनमा कसरी धर्मको सहयता रह्यो यो त सबै मानवको चेतनाको विकासले परिवर्तन भएको हो भन्ने जमात पनि रहला तर जब सबै मान्छे ग्रन्थको अध्ययन गर्न पाए तब मान्छे भगवानको व्यवस्थामा कुनै पनि किसिमको विभेद नरहेको र त्यहाँ सबैलाई समानता साथ बाँच्न पाएको कुरा हाम्रो ग्रन्थ वैदिक ज्ञान स्पष्ट रहेको पाइन्छ । आजको प्रजातान्त्रिक शासन व्यवस्था होस या समाजवादी समाजको परिकल्पना गरेको कुरा होस्, त्यो सबै कुरा धर्म सँग जोडिन्छ । त्यसैले सबै कुरा उत्पत्ति नै धर्मको कारक र प्रकृति नै विज्ञान हो भन सक्छौ ।

धर्म र संस्कृति

धर्म सँग संस्कृतिको कुनै कुराले हामी लिङ्क गर्न सक्दैनौँ किन कि धर्म आफै हरेक कुरा कारक हो तर संस्कृति मान्छेको अवस्था र आफू अनुकूल राख्न गरिएको परम्परागत कुरा हो । संस्कृति धर्म भित्रका पनि धर्मका कुरा गर्दा हिन्दु, बौद्ध, इसाई र इस्लाम भित्रका पाटोलाई र तिनीहरू बनाएको दर्शन लाई आजको विश्वले धर्म मानेर समाजलाई द्वन्द्वतिर लैजाँदै छ । आजको विश्व धर्मको कारण मानव समाजको क्षति भएको समाज हामी विभिन्न सञ्चार माध्यममा पढिरहेका हुन्छौँ ।

मान्छे धर्मलाई संस्कृतिको खोलले ढाकेर समाजलाई गलत धर्म दर्साउन खोजेको कारण हो । संस्कृतिले हरेक जात हरेक समाजको फरक हुन सक्छ । संस्कृति त समाज र देश अनुसार फरक हुँदै जान्छ तर धर्म हरेक देश र हरेक समाजमा एउटै रहन्छ त्यसले अहिलेको समाजले संस्कृतिलाई धर्म सँग जोडेर धर्मलाई संस्कृति सँग बाझिएको छ । त्यसले अहिलेको मान्छेले धर्म र संस्कृति बिचको फरकलाई छुटाउन नसकेर समाजलाई द्धन्द तिर अग्रसर गर्दै छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *