पर्यटनमा ‘सोसल मिडिया’को महत्त्व

आहा ! यो फोटो राम्रो छ । होइन यो ‘डिलिट’ गरौं । अर्को पहिले हेरेको ठिक छ । मेरी बहिनी (सिरजु) र मेरो छलफल । छलफल ‘फेसबुक’ मा फोटा ‘अपलोड’ गर्नका लागि । साना हु“दा स्थान, अवसर र संख्या गन्ती गर्दै फोटो खिचिन्थ्यो । क्यामेराको ‘रिल’ सकिने पिर । धुलाउन केही दिन लाग्ने । फोटो कस्तो आएको छ । चिन्ता बेग्लै । धुलाएर ल्याइएका फोटा एल्बम र घरका भित्तामा रंगाएर राख्न हतार । पाहुना आउँदा हत्त न पत्त एल्बम थमाएर देखाउन पाउ“दाको सान नै बेग्लै ।

प्रविधिले आज सजिलो बनाइदिएको छ । प्रायः सबैका हातमा व्यक्तिगत मोबाइल मै क्यामेरा वा क्यामेरा हुन्छ । जतिबेला चाह्यो उति नै बेला फोटो खिच्न सकिन्छ । एक्लै भए ‘फ्रण्ट क्यामेरा’ को मद्दतले ‘सेल्फी’ पनि खिच्न सकिन्छ । न ‘रिल’ सकिने डर । न त धुलाउन पर्खिन नै पर्ने । पाहुनालाई एल्बम देखाइराख्न नि पर्दैन । फेसबुकको माध्यमबाट उहाँहरूले घरै बसी-बसी हाम्रा गतिविधि देख्न सक्नु हुन्छ । पाहुना आउँदा बरु ‘इन्टरनेट’ को ‘पासवर्ड’ पो दिइन्छ । यसले फोटो धुलाउने एल्बम सजाउने खर्च पनि बच्ने ।

प्रविधिले मानिसलाई ‘सोसियलाइज’ बनाएको छ । संसारभरमा रहेका आफन्तसँग क्षण-क्षणमा ‘कन्ट्याक्ट’ गर्न सक्छौं । को कहाँ घुम्न निस्केका रहेछन् । को के गर्दैछन् । त्यो पनि एकै ‘क्लिक’ बाट थाहा पाउन सक्छौं । ‘सोसियल साइट’का मद्दतले । यसले पर्यटन उजागरमा मद्दत पुर्‍याएको छ । पर्यटनलाई विभिन्न प्रकारका नामाकरण गरिन्छ । छुट्टी वा रमाइलोका लागि गरिने भ्रमण मनोरञ्जन पर्यटन । शिक्षा हासिल गर्न (पढ्न) विदेश जानु ‘प्रोटो’ पर्यटन । अध्ययनका लागि गरिने भ्रमण शैक्षिक पर्यटन । व्यावसायिक प्रयोजनका लागि गरिने यात्रा व्यापारिक पर्यटन । नयाँ खोजका लागि गरिने यात्रा अनुसन्धान पर्यटन । छोटो समयका लागि टहलिनु अवलोकन पर्यटन । फरक अनुभवका लागि गरिने क्रियाकलाप साहसिक पर्यटन । पौराणिक वस्तुको अध्ययन वा अवलोकन ऐतिहासिक पर्यटन । भक्तिका लागि गरिने भ्रमण तीर्थयात्रा । जुनसुकै उद्देश्यका यात्रामा पनि क्रियाकलाप सामेल हुन्छन् । दिनप्रतिदिन मानिसको चासो पर्यटनप्रति बढ्दो छ ।

हिजोआज सोसल मिडियाका कारणले प्रचारप्रसार गर्न सहज बनाइदिएको छ । त्यस स्थानमा पुगेर फोटो खिचेर हाल्न एकैछिन पनि ढिला गर्दैनन् पर्यटकहरू । ‘फ्रेण्ड लिष्ट’ मा भएका साथीहरूले ती स्थानको बारेमा जानकारी पाउँछन् । उनीहरु पनि दगुरेर पुग्छन् । त्यसबाट उक्त स्थलको विज्ञापन भइरहेको हुन्छ ।

पल्लो घरको दाइभाउजु त आज पोखरा पुग्नु भएछ नि । अस्ति भर्खर मात्रै पनि एक हप्ता दार्जिलिङ र सिक्किम घुमेर आउनु भएको । कस्तो राम्रो ठाउँ रहेछ । एकपल्ट त पुग्नै पर्ने । फेसबुकमा फोटो हेरेर ईर्ष्या लाग्यो । सुन्नु भएन ? आण्टीहरु पनि घुम्न जाने ‘प्लान’ बनाउँदै हुनुहुन्छ । तपाइलाई भने कहिले फुर्सद हुन्न है । बच्चाहरूको पनि अहिले बिदा छ । समय निकालेर जानैपर्छ कहीँ न कहीँ । अहिलेका श्रीमतीहरूको ‘कम्प्लेन’ । श्रीमानहरू फेसबुकले गर्दा ज्यान खायो भनेर टाउकोमा हात लगाउँछन् । अन्ततः महिलाको अड्डीको अगाडी कसको के लाग्छ र । हार खाएर काम थाती राखी बन्दोबस्त गर्नैपर्छ । अहिलेको प्रायः घरका कहानी । सोसियल साइटमा फोटो राख्न । हतार त बेग्लै छ । सामाजिक सञ्जालले मानिसलाई पर्यटक बन्न प्रेरित गर्दछ । पर्यटनको अवयव ह्वात्तै बढेको छ । हामी दुई-चार घण्टा नै भएपनि भ्रमणमा निस्किन्छौं । यात्रा प्रतिष्ठाको सवाल पनि भएको छ ।

पश्चिमी संस्कार हो घुम्ने । कामबाट फुर्सद मिलाएर ‘रिफ्रेस’ हुन घुम्न निस्किन्छन् । यसबाट नयाँ कुरा सिक्नुका साथै रचनात्मक ढङ्गबाट काम गर्ने ऊर्जा बढ्छ । उनीहरूलाई पछ्याइरहेका छौं हामी । हाम्रा स्थानमा घुम्न आउँदा उनीहरु रमाइलो र आनन्द लिएको देखेर हामी पनि उत्प्रेरित हुन्छौं । कहीँकहीँ त परिवार सालमा एकपटक घुम्न ननिस्किँदा खिसी पनि गर्छन् रे । घुम्न निस्किदा समाजमा प्रतिष्ठा उँचो हुन्छ रे ।

ढुङ्गेयुग आधुनिक युगमा परिवर्तन भएको छ । खोजका लागि यात्रा । जीविकोपार्जनका लागि सामल साटासाट । भक्तिभावका लागि तीर्थयात्रा । छुट्टीका लागि बिदाको प्रचलन । आनन्दका लागि यात्रा । शताब्दीदेखि फरक भावमा चलिआएको छ यात्राको चक्र । यात्राबाट पैदा हुने तरङ्गका मिश्रित फल पर्यटनका रुपमा परिभाषित छ । विद्वानहरूले आ-आफ्नो तवरबाट पर्यटनको व्याख्या गरेका छन् । पर्यटनका विविध परिभाषाको सार क्रियाकलापलाई मान्न सकिन्छ । एक रातको बसाइको अन्तरालमा घटित क्रियाकलाप पर्यटन हो । मानिस फरक उद्देश्यले यात्रा गर्दछन् । उक्त उद्देश्यपूर्तिका निम्ति विभिन्न क्रियाकलाप गरिन्छ । खाने, बस्ने, किनमेल, घुम्ने, फोटो खिच्ने, अध्ययन अनुसन्धान आदि । जहाँ दुई पक्ष संलग्न हुन्छ । ‘होस्ट’ (आयोजक) र ‘गेष्ट’ पर्यटक । आयोजकले आफ्ना स्थानलाई सजाएर राखेका हुन्छन् । जहाँ पर्यटकले रमाइलो क्षण बिताउँदै फोटो, भिडियोलगायत संकलन गर्दछन् । जसलाई सामाजिक सञ्जालमा अपलोड हुन्छ । अन्य व्यक्तिलाई पुगौं पुगौं लाग्ने हुन्छ ।

सामाजिक सञ्जालले मानिसलाई पर्यटक बन्न प्रेरित गर्दछ । पर्यटनको अवयव ह्वात्तै बढेको छ । हामी दुई-चार घण्टा नै भएपनि भ्रमणमा निस्किन्छौं । यात्रा प्रतिष्ठाको सवाल पनि भएको छ ।

सामाजिक सञ्जालकै कारणले कतिपय स्थानको प्रचार आफैँ भएको छ । पहिले-पहिले पर्यटकीय प्रोडक्टको प्रचार गर्न कठिनाइ हुन्थ्यो । पर्यटकीय प्रोडक्ट त तयार गरियो । तर, यसको प्रचार कसरी गर्ने ? भन्ने छुट्टै समस्या थियो । तर, आजकल सोसियल साइटका कारणले प्रचारप्रसार गर्न सहज बनाइदिएको छ । त्यस स्थानमा पुगेर फोटो खिचेर हाल्न एकैछिन पनि ढिला गर्दैनन् पर्यटकहरू । ‘फ्रेण्ड लिष्ट’ मा भएका साथीहरूले ती स्थानको बारेमा जानकारी पाउँछन् । उनीहरु पनि दगुरेर पुग्छन् । त्यसबाट उक्त स्थलको विज्ञापन भइरहेको हुन्छ । अझ भनौं त्यस स्थानसम्म आएर फर्कने अवलोकनकर्ता (पर्यटक) हरूले नै त्यसको प्रचारप्रसारमा टेवा पुर्‍याइरहेका छन् । प्रविधिको कारणले नै पर्यटकीयस्थलहरूको ‘र्‍यापिडली’ प्रचारप्रसार र विकास भएको छ भन्दा अन्यथा नहोला ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *