प्रधानमन्त्रीको सम्भावित कदमबारे छलफल

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवबीच प्रधानमन्त्रीको केपी शर्मा ओलीको सम्भावित कदमबारे छलफल भएको छ । एक कांग्रेस नेताले मकालु खबरसँग भने— ‘तीन नेताबीच अबको राजनीतिक दृश्य कस्तो आउँछ भन्नेबारे छलफल भयो । खासगरी प्रधानमन्त्रीले अब कस्ता कदम चाल्नुहुन्छ भन्ने विषयमा ।’

यस्तै उनीहरुबीच गठबन्धनलाई पछिसम्म कसरी कायम गर्न सकिन्छ भन्नेबारे पनि छलफल भएको थियो । ‘बहुमतको सरकार बनाउने विषयमा असफल भएपनि पछिसम्म गठबन्धनलाई कसरी टिकाउन सकिन्छ भन्ने बारे पनि छलफल भयो,’ ती नेताले भनेका छन् ।

यी तीन दल बहुमतको सरकार बनाउनमा ‘फेल’ भएका थिए । जसपालाई एक बनाउन नसकेर सरकार बनाउन नसकेका उनीहरुले ‘जसपाभित्रको पूर्वराजपाले साथ नदिँदा असफल भएको’ समीक्षात्मक निष्कर्ष निकालेका थिए । ती नेताले थपे— ‘प्रधानमन्त्रीको चाहना मध्यावधि भएकाले पनि तीन नेताबीच छलफल भएको हो । अबको सम्भावित राजनीतिक कोर्ष कस्तो हुन्छ भन्नेबारे विशेष रुपमा छलफल भयो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *