ओली प्रधानमन्त्री नियुक्त, सपथ भोलि

काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली फेरि प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(३) अनुसार संसदको सबभन्दा ठुलो दलको संसदीय दलको नेताका रुपमा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

ओलीको सपथ शुक्रबार दिउँसो गर्ने तयारी छ ।

प्रधानमन्त्री ओलीले २७ वैशाखमा प्रतिनिधिसभामा भएको मदतानमा विश्वासको पाउन नसकेपछि राष्ट्रपति भण्डारीले तीन दिनभित्र दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि आहृवान गरेकी थिइन् । त्यो समय आजै बेलुकी ९ बजेपछि सकिएको थियो । निर्धारित समयमा कसैले पनि सरकार गठनका लागि दाबी नगरेपछि राष्ट्रपतिले ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् । नेपाली कांग्रेस र माओवादी केन्द्र बहुमत जुटाउन असफल भएका थिए । बहुमत नपुग्ने भएपछि कांग्रेस माओवादी र जसपाको एक पक्षले सरकार गठनको दाबी नै पेश गरेन ।
प्रधानमन्त्री ओलीले अब ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *