नेपालसहित चार नेतामाथिको कारबाही फुकुवा

काठमाडौं । नेकपा एमालेले माधव नेपालसहित चार नेतामाथिको निलम्बनको कारवाही फुकुवा गरेको छ ।

आज बसेको स्थायी कमिटी बैठकले नेपालसहित सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसालमाथि छ महिनाका लागि गरिएको निलम्बनको कारबाही फुकुवा गर्ने निर्णय गरेको नेता सुवासचन्द्र नेम्वाङ्गले मकालु खबरलाई जानकारी दिए ।

बैठकले माधवकुमार नेपाललगायत असन्तुष्ट नेताहरूले राखेका मागबारे छलफल गर्न अध्यक्ष केपी ओलीलाई जिम्मेवारी दिने निर्णय पनि गरेको छ ।

नेपाल पक्षका सांसदले सामूहिक राजिनामा दिने तयारी गरेपछि त्यसलाई रोक्न सत्तापक्षीय एमालेले कारबाही फिर्ता गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया