काठमाडौं उपत्यकामा १५ दिन निषेधाज्ञा थप

काठमाडौं । काठमाडौं उपत्यकामा १५ दिन निषेधाज्ञा थप्ने निर्णय भएको छ ।

काठमाडौं‚ भक्तपुर र ललितपुर गरी उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को मंगलबार बसेको बैठकले जेठ १३ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

बैठकमा काठमाडौंका सिडिओ पराजुली, भक्तपुरका सिडिओ प्रेमप्रसाद भट्टराई र ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत सहभागी थिए ।

उपत्यकामा गत वैशाख १६ गतेदेखि निषेधाज्ञा  जारी छ ।

प्रतिक्रिया