१५ मिनेटपछि विश्वासको मत लिँदै प्रधानमन्त्री

कठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अबको १५ मिनेटपछि बस्ने प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने भएका छन् ।

दिउँसो १ बजे बसेको पहिलो बैठक सकिसकेको छ । सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीले विश्वासको मत लिनेगरी अबको १५ मिनेटपछि दोस्रो बैठक डाकेका छन् ।

पहिलो बैठकमा सभामुख सापकोटाले राष्ट्रपतिबाट प्राप्त पत्र र बैठकको अध्यक्षता गर्ने सांसदहरुको नामावली पढाएर सुनाएका छन् ।

प्रतिक्रिया