‘डबल’ एमालेबीचको वार्ता सकियो, नेपाल आन्तरिक छलफलमा

काठमाडौं । एकता कायम राख्ने प्रयासस्वरुप ‘डबल’ एमालेबीच भएको वार्ता आधा घण्टामै सकिएको छ । एमाले एकतालाई कायम राख्ने प्रयासस्वरुप पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले नेताद्वय विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङ्गलाई नेता माधवकुमार नेपालकहाँ पठाएका थिए ।

त्यसपछि उनीहरुबीच सिंहदरबारस्थित लेखा समितिको कार्यकक्षमा भएको वार्ता आधा घण्टामै टुङ्गिएको हो । वार्तापछि बाहिरिएका नेम्वाङ्गले मकालु खबरसँग भने– ‘सामान्य कुराकानी भयो । अब उहाँहरु (ओली–नेपाल)कै तहमा वार्ता होला ।’

प्रतिक्रिया