न्यायमा सहज पहुँच सुनिश्चित होस् : राष्ट्रपति
२०७८ वैशाख २६ गते

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कानुन दिवस २०७८ का अवसरमा कानुन तथा न्याय क्षेत्रसँग सम्बद्ध सबैमा शुभकामना व्यक्त गरेकी छन् ।
उनले आइतबार अपराह्न ट्वीट गर्दै अन्यायमा परेका नागरिकका लागि न्यायमा सरल र सहज पहुँचलाई सुनिश्चित गर्दै न्यायपूर्ण‚ सभ्य र समृद्ध समाज निर्माणका लागि अग्रसर हुन यस दिवसले सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेकी छन् ।
२०७८ वैशाख २६ गते
प्रतिक्रिया
सम्बन्धित








