विरोधबीच संवैधानिक परिषद्को बैठक शुरु

कठमाडौं । प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा संवैधानिक परिषद्को बैठक शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीक प्रेस सल्लाहकार सूर्य थापाकाअनुसार बैठक भर्खरै शुरु भएको हो ।

प्रधानमन्त्री तथा परिषद्का अध्यक्षसमेत रहेका ओलीले आह्वान गरेके बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता तथा सभामुख भने गएनन् । उनीहरुले बैठक रोक्न माग गरेका थिए भने अन्य सदस्यलाई बैठकमा नजान सुझावसमेत दिएका थिए ।

जारी बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना उपस्थित छन् । यसअघि गत ०७७ मंसिरमा अध्यक्ष ओलीले अध्यादेश जारी गर्दै दुई वा दुईभन्दा बढी मात्रै पनि उपस्थित भए निर्णय गर्न सक्ने प्रावधान ल्याएका थिए ।

यसअघि गत मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले परिषद्सम्बन्धी एक अध्यादेश जारी गरेकी थिइन् । त्यसपछि प्रधानमन्त्री ओलीले तत्काल बैठक आह्वान गरेको हुन् ।

प्रतिक्रिया