ओली–विष्टबीच वान् टू वान् भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र विपक्षी एमाले नेता गोकर्ण विष्टबीच भेटवार्ता भएको छ । पार्टीभित्रको विद्यमान समस्यालाई हल गर्ने प्रयासस्वरुप ओली र विष्टबीच वार्ता भएको बालुवाटार स्रोतले मकालु खबरलाई बतायो । ‘उहाँहरुबीच लामै कुराकानी भयो,’ स्रोतले भन्यो– ‘पार्टीभित्र देखिएको असन्तुलित ध्रुवीकरणलाई मिलाउनेगरी नै उहाँहरुबीच वार्ता भएको बुझेको छु ।’

यसअघि बिहीबार पनि प्रधानमन्त्री ओलीले विपक्षी एमालेका नेताहरु योगेशकुमार भट्टराई र घनश्याम भुसालसँग छलफल गरेका थिए । तर, वार्ताबाट कुनै ठोस निष्कर्ष ननिस्केको वार्तामा सहभागी एक नेताले बताए । ‘हामीले आफ्नो माग दोहोर्यायौं, उहाँले आफ्नो अडान छोड्नुभएन । लामो कुराकानी भएर के गर्नु ?,’ ती नेताले भनेका छन् ।

हिजै प्रधानमन्त्री ओली र विपक्षी एमालेको नेतृत्व गरिरहेका नेता माधवकुमार नेपालबीच पनि वार्ता भएको थियो । राति अबेरसम्म भएको वार्ताबाट पनि कुनै सहमति नभएको नेता नेपालले नै प्रष्ट पारिसकेका छन् ।

प्रतिक्रिया