‘पल’जी आफ्नो स्वास्थ्यबारे पनि सोच्ने की ?

काठमाडौँ । नायक पल शाह कलाकारितासँगै समाजसेवामा पनि सक्रिय छन् । हरेक प्रकारका प्राकृतिक र अन्य विपत्तिको समयमा उनी स्वयम् हाजिर भएर सहयोग गर्छन् ।

अगिल्लो वर्षको लकडाउनमा उनी सक्रियताका साथ राहत वितरणमा लागेका थिए । बाढी पीडित हुन् या आगलागी, उनी आफै सामग्री लिएर सहयोगका लागि अघि  बढेकाे देखिन्छन् । अहिले पनि काेभिड-१९ को दोस्रो लहर जारी रहँदा पल एम्बुलेन्सदेखि अक्सिजन सिलिन्डर जुटाउने काममा लागेका छन् ।

‘हाम्रो टिम नेपाल’का लागि उनले २ लाख सहयोगसमेत गरेका छन् । उनलाई अक्सिजन सिलिन्डर बोक्दै गरेको देखिन्छ । यस पटकको काेभिड पहिलेको भन्दा घातक रहेको चिकित्सकहरुले बताउँदै आएका छन् । तर पल भने प्रत्यक्ष उपस्थित भएर सेवा गर्दै छन् ।

टिमका अन्य सदस्य पिपिईका साथ खटिरहँदा उनी भने सामान्य मास्क र पन्जा मै फिल्डमा छन् । उनले सहयोग गरिरहेको संस्थासँग पर्याप्त काम गर्ने व्यक्ति हुँदाहुँदै उनी फिल्डमा नगएको भए हुन्थ्यो भन्ने दर्शकको सोच छ । उनले पनि आफ्नो स्वास्थ्यमा ख्याल राख्नु पर्ने हो । तपाईँलाई माया गर्ने धेरै दर्शक छन् है पल जी । सुरक्षित भएर फिल्डमा निस्किनु होला तर, अत्यावश्यक भएमा मात्रै ।

प्रतिक्रिया