पूर्व रानी कोमललाई आईसीयूबाट वार्डमा सारियो

काठमाडौं । पूर्व रानी कोमल शाहको स्वास्थ्य अवस्थामा सुधार भएपछि बुधबार उनलाई आईसीयूबाट वार्डमा सारिएको छ । नर्भिक इन्टरनेशल हस्पिटलमा उपचाररत उनको स्वास्थ्यमा सुधार आएको अवस्तालले जानकारी दिएको हो ।

उनलाई कोरोना संक्रमण भएपछि १२ दिनअघि नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । गत बिहीबारदेखि प्लाज्मा थेरापी विधिबाट उनको उपचार थालिएको थियो ।

आइसियूमै राखेर उपचार भइरहेकोमा स्वास्थ्य अवस्थामा सुधार भएपछि बुधबारदेखि वार्डमा सारिएको हो ।

नर्भिक अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाहको अवस्था भने सामान्य र स्थिर रहेको अस्पताल प्रशासनले जनाएको छ ।

प्रतिक्रिया