सभामुख र सांसदले गराए स्वाब संकलन (तस्बिरहरु)

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटासँगै सांसदहरुले स्वाब संकलन गराएका छन् । उनीहरुले संघीय संसद् भवन, नयाँ बानेश्वर पुगेर स्वाब संकलन गराएका हुन् ।

आगामी वैशाख २७ गतेबाट संसद्को अधिवेशन शुरु हुँदैछ । उनीहरुले जनस्वास्थ्य मापदण्डलाई ख्याल गर्दै अधिवेशनपूर्व नै स्वाब संकलन गराएका हुन् ।

यस्तै मर्यादापालक, कर्मचारी तथा सुरक्षाकर्मीले समेत स्वाब दिएका छन् । संसद् सचिवालयकाअनुसार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरको ल्होत्से हलमा भोलि साँझ ५ बजेसम्म पीसीआर परिक्षण गरिनेछ ।

प्रतिक्रिया