निर्देशक भट्ट दम्पतिलाई कोरोना

काठमाडौँ । निर्देशक समुन्द्र भट्टलाई कोरोना संक्रमण भएको छ । पिसिआर परीक्षण गराउँदा उनी तथा उनका श्रीमान् आकाशमा सङ्क्रमण देखिएको थियो । पिसिआर रिपोर्ट आएसँगै दुवै जना होम आइसोलेसनमा छन् ।

शरीरमा धेरै नै थकान महशुस हुने गरेको समुन्द्र बताउँछिन् । उनी भन्छिन्, ‘केही गर्न जागर नै लाग्दैन । म्यासेज टाइप गर्दा पनि हात फत्रकै हुन्छ ।’ शत्रुलाई पनि संक्रमण नहोस् भन्दै उनले सबैलाई सुरक्षित रहन आग्रह गरेकी छन् ।

मानसिक विचलन ल्याउने भएको कारण उनीहरूले समाचार हेर्न बन्द गरेका छन् । पोसिलो तथा झोलिलो खानाका साथ आराम गरिरहेका उनीहरूलाई शीघ्र स्वास्थ्य लाभको कामना ।

प्रतिक्रिया