सोलुखुम्बुमा ४ जनामा देखियो कोरोना

काठमाडौँ । हिमाली जिल्ला सोलुखुम्बुमा ४ जनामा कोभिड-१९ संक्रमण देखिएको छ । प्रमुख जिल्ला अधिकारी गणेशविक्रम शाहीले ४ जनामा संक्रमण देखिएको पुष्टि गरे ।

उनका अनुसार काठमाडौँबाट गएका सोलु दुधकुण्ड नगरपालिकाका ३ जना र सोताङ गाउँपालिकाका १ जनामा संक्रमण देखिएको हो । जिल्लामा यसअघि संक्रमित भेटिएपनि सबै संक्रमण मुक्त भइसकेका थिए ।

प्रतिक्रिया