पदमुक्त भएकोमा अत्यन्त खुसी छु : अमिक शेरचन

काठमाडौँ । गण्डकी प्रदेशको प्रमुखबाट हटाइएका अमिक शेरचनले पदमुक्त हुन पाउँदा आफूलाई खुसी लागेको बताएका छन् । बिहान पोखरामा पत्रकार सम्मेलन गर्दै उनले प्रदेश प्रमुखबाट पदमुक्त हुन पाउँदा खुसी लागेको बताएका हुन् ।

उनले आफूले पहिले नै राजिनामा दिन चाहेको खुलाए । ‘मैले पहिला नै राजिनामा दिन चाहेको थिए । तर पछि पार्टीको आग्रह र अनुशासित कार्यकर्ताको नाताले बाध्य भए,’ शेरचनले भने, ‘पदमुक्त गरिदिनु भएकोमा मुरी-मुरी धन्यवाद छ राष्ट्रपति ज्यूलाई ।’

आफू प्रदेश प्रमुख पदमा रहँदा कुनै राजनीतिक पक्षपात नगरेको पनि स्पष्ट पारे । ‘संविधान निर्देशित निर्णय सदर गरे,’ उनले भने, ‘मैले एमालेको विपक्ष र माओवादी केन्द्र तथा कांग्रेसको पक्ष कुनै कदम चालेको छैन । उनले अहिलेको राजनीतिक दिशा निरङ्कुशतातर्फ गएको बताउँदै यो निर्णय निरङ्कुशताको पराकाष्ठा भएको टिप्पणी गरे ।

सरकारले माओवादी केन्द्रका नेता शेरचनलाई गण्डकी प्रदेशको प्रमुखबाट सोमबार हटाएको थियो । सो पदमा एमाले नेता सीता पौडेललाई नियुक्त गरिएको छ ।

प्रतिक्रिया