उपत्यकामा निषेधाज्ञा लम्ब्याइँदै, अझ कडा बनाउने तयारी

काठमाडौँ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई एक साता लम्ब्याइने भएको छ । वैशाख १६ मा जारी निषेधाज्ञाको समय बुधबार सकिँदैछ ।

त्यसको पूर्वसन्ध्यामा आज काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी छलफलमा बस्दैछन् । ‘निषेधाज्ञा थप एक साता लम्ब्याउने विषयमा कुनै दुविधा रहेन,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भने, ‘निषेधाज्ञालाई थप व्यवस्थित र कडाइसाथ कसरी जाने विषय छलफलबाट निर्णय लिन्छौं ।’

प्रजिअ पराजुलीले निषेधाज्ञाको मोडालिटी उस्तै भए पनि त्यसमा आवश्यक परिमार्जन र कडाइ आवश्यक देखिएको बताए । निषेधाज्ञालाई थप कडा बनाउन आवागमन नियन्त्रणसम्बन्धी आदेश जारी गरिने उनको भनाई छ । संक्रमण तीव्र बन्दै गइरहेको र निषेधाज्ञा उल्लंघन भएको भन्दै थप कडाइ गर्न लागिएको हो ।

प्रतिक्रिया