कमल थापाले भने- ‘संघीयता खारेज गर्नु बेस’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रदेश प्रमुखलाई हटाउने सरकारको कार्य संविधानको भावनाविपरीत भएको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् ।

जतिबेला मन लाग्यो त्यतिबेला प्रदेश प्रमुखलाई हटाउनु गलत भएको उनको भनाई छ । सरकारको सो कदमलाई ‘स्वेच्छाचारी र सर्वसत्तावादको द्योतक’ संज्ञा दिँदै थापाले यस्तो काम गर्नुभन्दा संघीयता खारेज गर्नु बेस हुने धारणा राखे ।

प्रतिक्रिया