भ्याट तिर्ने म्याद बढाउन अटो व्यवसायीको माग

काठमाडौं । भ्याट बुझाउन म्याद थप्न सवारी व्यवसायीले आग्रह गरेका छन् । नाडा अटो मोबाइल्स एशोसिएशन अफ नेपालले व्यवसायीहरुसँग छलफल गरेर आन्तरिक राजस्व विभागसँग यस्तो आग्रह गरेको हो ।

हाल कोभिड–१९को नयाँ भेरियन्ट देखा परेको र संक्रमण नियन्त्रणका लागि सरकारले गरेको निषेधाज्ञाका कारण २५ वैशाखसम्म रहेको म्याद थप गर्नुपर्ने एशोसिएशनका अध्यक्ष कृष्णप्रसाद दुलालले जनाएका छन् ।

‘व्यवसायीहरुले आन्तरिक राजस्व विभागमा मूल्य अभिबृद्धि कर विवरण एवं कर रकम बुझाउन सक्ने अवस्था नरहेको र स्वास्थ रक्षाको दृष्ट्रिकोणले पनि व्यवसायीहरु आफनो कार्यालयमा जान सक्ने अवस्था नरहेकोले म्याद थप्न आग्रह गरिएको उनले जानकारी गराएका छन् ।

‘निषेधाज्ञा हटाएको मितिबाट एक हप्तासम्म कर तथा अन्य आवश्यक कागजातहरु बुझाउन सकिने व्यवस्थाका लागि सरकारसंग हार्दिक अनुरोध गर्दछ,’ एक विज्ञप्तीमा उनले भनेका छन् ।

त्यसैगरी अटोमोवाइल व्यवसायीले आफ्ना अटोमोवाइल वर्कशपमा रहेका अक्सिजन सिलिण्डर अक्सिजन निर्माण उद्योगलाई नै फिर्ता गर्न पनि एशोसिएशनले आग्रह गरेको छ ।

प्रतिक्रिया