रंगशालादेखि गोदाम घरसमेतमा क्वारेन्टाइन र आइशोलेशन सेन्टर

काठमाडौं । सरकारले क्वारेन्टाइन, आइशोलेशन केन्द्र र होल्डिङ सेन्टरको व्यापक विस्तार गर्ने भएको छ ।

तीव्र गतिमा फैलिरहेको महामारीलाई मध्य नजर गरेर सरकारले यस्तो तयारी गरेको हो । यसका लागि सामुदायिक स्थल, रंगशाला, सभाहल, पार्टीप्यालेश, होटेल, कारखाना र गोदामघरसमेतलाई प्रयोग गर्ने भएको छ ।

‘सबै प्रकारका सार्वजनिक एवं सामुदायिक स्थल, रङ्गशाला, सभाहल, पार्टी प्यालेस, होटल, कारखाना, गोदामघर लगायतका संरचनाहरू प्रयोग गरी सुविधायुक्त क्वारेन्टाइन, आइसोलेसन केन्द्र र आवश्यक होल्डिङ सेन्टरको प्रबन्ध गर्न लगाइएको छ,’ प्रधानमन्त्री ओलीले भने ।

प्रतिक्रिया