कन्सेप्ट चोरिएको फोटोमा दङ्ग प्रियङ्का

काठमाडौँ । प्रियङ्का कार्कीका बारेमा चर्चा र विवादका विषय आइरहन्छन् । कहिले उनका अभिव्यक्तिका कारण त कहिले तस्बिर र पाेशाकका कारण उनी पटक पटक ट्रोलको सिकार बन्ने गरेकी छन् ।

हुन त उनले केही दिनअघि मात्रै यस्तो विषयले फरक नपर्ने बताएकी थिइन् ।

पछिल्लाे समय गर्भवती भएकाे उनकाे तस्बिरलाई धेरैले सामाजिक सञ्जालमा ट्राेल बनाएर उडाइरहेका छन् ।

यसअघि आफू गर्भवती भएकाे बारेकाे पहिलो तस्बिर सार्वजनिक गरेपछि धेरैले उनको वाहवाही गरेका थिए । तर दिनदिनै यस्ता तस्बिर आउँदै गर्दा दर्शक दिक्क भएकाे प्रतिक्रिया सामाजिक सञ्जालमा आइरहेका छन् । सामाजिक सञ्जालमा उनीबारे  धेरै ट्रोल बनाइएकाे छ।

तर यसमा उनलाई उडाउनुपर्ने कुनै कारण नभएकाे भन्ने पाेष्ट पनि धेरै नै आइरहेका छन् । आमा बन्न लागेकाे कुरा गर्वकाे विषय भएकाे र यसलाई लुकाउनुपर्ने कुनै कारण नभएकाे भन्दै प्रियङ्कालाई धेरैले ढाडस दिएका छन् ।

मेकअपको माध्यमद्वारा उनको पेटमा बनाइएको अनुहारले प्रियङ्काले सँगै जुस पिउँदै गरेझैँ देखिन्छ ।  केही विदेशी सेलिब्रेटीको तस्बिरको कपी रहेको उक्त तस्बिरमा प्रियङ्का दङ्ग छिन् ।

उनका श्रीमान् आयुष्मान् जोशीले समेत उक्त तस्बिर सेयर गरेका छन् । दुनियाँले जे सोचोस, यो जोडी दङ्ग छ ।

प्रतिक्रिया