नेपाल लाइफको कम्पनी सचिवमा विनोद भुजेल नियुक्त
२०७८ वैशाख १९ गते

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा बिनोद भुजेल नियुक्त भएका छन् ।
कम्पनीको ३२० औं सञ्चालक समितिको बैंठकले भुजेललाई कम्पनी सचिवमा नियुक्ति गर्ने निर्णय गरेको हो । भुजेलले आइतबारबाट पदीय जिम्मेवारी सम्हालेका छन् ।
१३ वर्षसम्म एलआईसी नेपालको कम्पनी सचिवमा रहेर काम गरेका भुजेलसँग बीमा करिअरको लामो अनुभव छ ।
जन प्रशासन विषयमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका अधिवक्ता भुजेलसँग नोटरी ट्रान्सलेटरको रुपमा पनि लाइसेन्स लिएर काम गरेको अनुभव छ ।

२०७८ वैशाख १९ गते
प्रतिक्रिया
सम्बन्धित








