लुम्बिनीमा कति छ पोखरेलकै नेतृत्वमा एमालेको मात्र सरकार बन्ने सम्भावना ?

बुटबल । आफूमाथि अविश्वासको प्रस्तावमा सहि गर्ने सांसदहरुलाई नै मन्त्री बनाएर केही समय पद जोगाएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आइतबार पदबाट राजीनामा दिएका छन् ।

प्रदेशसभामा अविश्वासको प्रस्ताव पेश हुने दिन विहानै उनले दिएको राजीनामा प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादले स्वीकृत गरिसकेका छन् । प्रदेशसभामा सत्तारुढ एमालेका ४१ जना सांसद हुँदाहुँदै मुख्यमन्त्री पोखरेलले राजीनामा दिनुलाई कतिपयले अचम्म मानेका छन् ।

एमाले श्रोतकाअनुसार पोखरेलले एमालेको मात्र एकल सरकार बनाउने प्रयत्नस्वरुप राजीनामा दिएका हुन् । अहिले लुम्बिनीमा एमाले र जसपाको सरकार सरकार थियो ।

पछिल्लोपटक उनले मन्त्रिमण्डलमा थप गरेका जसपाका ४ जना सांसदको पद गुमेपछि प्रदेशसभामा एमालेको मात्र बहुमत पुग्ने अवस्था छ । ८५ सदस्यीय प्रदेशसभा ४ जनाको पद गुमेपछि ८१ सदस्यीय भएको छ । ८१ जनाको बहुमत पुग्न ४१ सांसदको समर्थन आवश्यकता पर्छ । लुम्बिनीमा एमालेका ४१ जना नै सांसद छन् ।

फ्लोर क्रसको जोखिम
कर्णालीमा पार्टीको ह्वीपविपरीत एमालेकै सांसदले मत दिएपछि एमालेभित्र फ्लोर क्रसको जोखिम बढेको छ । लुम्बिनीमा नेपाल-खनाल पक्षका २ जना सांसद छन् । लुम्बिनी प्रदेशसभामा कविलवस्तुका विष्णु पन्थी र पाल्पाका समानुपातिक सांसद रमा घर्ती नेपाल-खनाल पक्षका हुन् ।

उनीहरुले फ्लोर क्रस गरे पोखरेलको पक्षमा बहुमत पुग्दैन । तर, एमाले निकट श्रोतले मकालु खबरसँग फ्लोर क्रसको सम्भावना नरहेको र पोखरेलकै नेतृत्वमा अब एमालेको मात्र सरकार बन्ने दाबी गरेको छ । यसका लागि फ्लोर क्रस गर्ने सम्भावना धेरै भएका सांसदहरुलाई मन्त्री बनाएर समेट्ने तयारी भइरहेको पनि श्रोतले दाबी गर्यो ।

यो पनि :-

प्रतिक्रिया