मोटरसाईकल दुर्घटनामा युवकको मृत्यु

पाँचथर । पाँचथरमा मोटरसाईकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । पाँचथरको फाल्गुनन्द गाउँपालिका-३ गुम्बाडाँडामा भएको मोटरसाईकल दुर्घटनामा परी चालकको १८ वर्षीय किरण राईको मृत्यु भएको हो ।

पाँचथरको पौवाभञ्याङबाट ईलामतर्फ जाँदै गरेको बा ५ प २२० नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई सडकबाट करिव ५० मिटर तल खसेको प्रहरीजले जनाएको छ । दुर्घटनामा फाकफोकथुम गाउँपालिका-३ का राईको घटनास्थलमै मृत्यु भएको हो ।

प्रतिक्रिया