सकियो प्रदीप अभिनित ‘प्रकाश’को छायांकन

काठमाडौँ । चलचित्र ‘प्रकाश’ को छायांकन सकिएको छ । छायांकनका लागि जुम्ला पुगेको टिम ४२ दिनमा छायांकन सकेर जुम्लाबाट फर्किएको हो ।

दिनेश राउतको निर्देशनमा बनेको चलचित्रमा प्रदीप खड्का, रेणु योगी, दिया मास्केलगायतका कलाकारको अभिनय छ । विनिष इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा महेन्द्र अधिकारीको लगानी रहेको छ ।

एक युवकको सरकारी शिक्षक बन्ने सपनाको विषयमा कथा विकास सुवेदीले लेखेका हुन् ।

प्रतिक्रिया