नेता र कर्मचारीमा कोरोना, कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित
२०७८ वैशाख १५ गते

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठसहित केन्द्रीय कार्यालयका कर्मचारी, नेताहरुको पीएसओ, चालकलगायतलाई कोरोना संक्रमण पुष्टि भएपछि बैठक स्थगित भएको हो ।
बुधबार (आज) बस्ने भनिएको बैठकमा समसामयिक राजनीति, पार्टीको १४औं महाधिवेशन, क्रियाशील सदस्यतालगायत विषयमा छलफल गर्न लागिएको थियो । तर, संक्रमण देखिएपछि बैठक स्थगित भएको हो ।
यसअघि सोमवारका लागि बोलाइएको बैठक कोरोना संक्रमण बढेको भन्दै परीक्षण गरेर मात्रै बस्ने गरी बुधवारका लागि स्थगित भएको थियो । मंगलवार कांग्रेसले सबै नेता र कर्मचारीको कोरोना परीक्षण गराएको थियो । तर, अन्तिम समयमा कोरोनाकै कारण देखाउँदै बैठक स्थगित भएको छ ।
अर्को बैठक कहिले बस्ने भन्नेबारे अहिले टुङ्गो भइसकेको छैन ।
२०७८ वैशाख १५ गते
प्रतिक्रिया
सम्बन्धित








