बुज्झकी निर्माता दिवाकर !

काठमाडौँ । निर्देशक दिवाकर भट्टराई निर्माता बन्दै थिए । उनी चलचित्र ‘तिमीसँगै हुन मन छ’को  छायांकन तयारीमा थिए । वैशाखमै छायांकनमा जाने तयारीमा रहेका उनले अहिले छायांकन रोकेका छन् ।

भारतीय टेक्निकल समूह ल्याएर छायांकनको तयारी गरिरहेकोमा स्थिति उनले सोचे झैँ भएन ।  मुख्य कलाकार रोहित सुचान्ती लगायत केहीलाई उनले बलिउडबाट नेपाल ल्याएका थिए । बाँकी २० जनाको समूह नेपाल आउन बाँकी नै थियो ।

यहीबीच देशभर निषेधाज्ञाको क्रम बढ्न थालेको छ । यही अवस्थालाई मध्यनजर गर्दै हाललाई छायांकन रोकिएको हो ।
अवस्था सामान्य भएमा जेठबाट फ्लोरमा जाने भट्टराईको योजना छ ।

सबै निर्माता छायांकनमा जबरजस्ती गइरहेको समयमा दिवाकरले भने सबैको स्वास्थ्यप्रति ध्यान दिएका हुन् । सरकारको निर्णय पालना गर्ने र आफ्नो टिमको स्वास्थ्य स्थितिलाई लिएर गम्भीर भट्टराई, भएनन् त बुज्झकी ?

प्रतिक्रिया