किन बोल्दिनन् करिश्मा ?

काठमाडौँ । अभिनेत्री करिश्मा मानन्धरलाई मेन्सन गरेर ‘उनी बोल्दिनन् अचेल’ लेखेका पोस्टहरू सामाजिक सञ्जालमा देखिन थालेका छन् ।

अभिनेता सरोज खनाल, निर्माता रश्मी शाक्यलगायतले उनी बोल्दिनन् भन्दै पोस्ट गर्दा दर्शक झस्किएका छन् । झट्ट हेर्दा सम्बन्धमा उतारचढाव आएको झैँ लाग्छ । तर वास्तविकता अर्कै छ ।

सरोज र करिश्माको अभिनय रहेको भिडियो सोही नामबाट सार्वजनिक हुँदैछ । यसैको प्रमोसनका लागि टिमले उनी बोल्दिनन् भन्दै पोस्ट गरिरहेका छन् । आनन्द कार्कीले गएको गीतमा शक्ति वल्लभले संगीत भरेका छन् ।

देवेन्द्र केसीको शब्द रहेको गीतमा मनोहर सुनामले संगीत संयोजन गरेका हुन् । बिना श्रेष्ठको निर्देशन रहेको भिडियो छिट्टै नै आउने निर्माता रश्मिले बताएकी छन् । भिडियो छायांकन हरी हुमागाईँले गरेका छन् भने सम्पादन अनिल कुमार महर्जनले गरेका छन् ।

प्रतिक्रिया