कर्णालीमा फ्लोर क्रस गर्ने ४ सांसद निष्कासन

काठमाडौं । कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने ४ जना सांसद कारबाहीमा पर्ने भएका छन् । शुक्रवार बालुवाटारमा बसेको एमाले बैठकले ह्वीप उल्लंघन गर्दै फ्लोर क्रस गर्ने सांसदलाई कारबाही गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए । ती नेताकाअनुसार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सदनबाट विश्वासको मत लिँदा पक्षमा मत दिने सांसदहरु प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमर थापा र कुर्मराज शाहीलाई सांसद र सदस्यबाट निष्कासन गर्ने निर्णय भएको हो ।

यस्तै आजकै बैठकले पहिले शाहीलाई मत दिएर पछि सच्याउने देवी ओलीलाई पनि थप स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

आजकै बैठकले नयाँ स्थायी कमिटीसमेत बनाएको छ । कमिटीमा एमाले एक हुनुपर्छ भन्दै महाअभियान चलाउँदै आएका नेता वामदेव गौतमसमेत समेटिएका छन् भने विपक्षी एमालेलाई हटाइएको छ ।

प्रतिक्रिया