एमाले बैठक जारी, विपक्षीको स्पष्टीकरणबारे छलफल

काठमाडौं । प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा एमाले महाधिवेशन आयोजक कमिटीको बैठक शुरु भएको छ ।  बैठकमा विपक्षी एमाले (माधवकुमार नेपाल) समूहले बुझाएको स्पष्टीकरणबारे विशेष रुपमा छलफल हुने एक नेताले मकालु खबरलाई जानकारी दिए ।

यसअघि कमिटीको बैठक गत बैशाख ६ गते बसेको थियो । उक्त बैठकले केन्द्रीय कमिटीलाई नै आयोजक कमिटीमा रुपान्तरण गरेको थियो ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभाका २७ र कर्णाली प्रदेशका ५ जना गरी ३२ जनालाई स्पष्टीकरण सोधेका थिए । जसमा सबै सांसदले स्पष्टीकरण बुझाइसकेका छन् । आजको बैठक ती स्पष्टीकरणबारे नै छलफल हुने र आवश्यक कारबाही अगाडि बढाइने ती नेताको भनाइ छ ।

यसबाहेक आजको बैठकमा नेताहरुको कार्यविभाजन, उपनिर्वाचन, प्रदेश सरकारमा देखिएको समस्यालगायतबारे छलफल हनेछ ।

प्रतिक्रिया