ओली–नेपालबीच पुनः वार्ता शुरु

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता मावधकुमार नेपालबीच वार्ता शुरु भएको छ । प्रधानमन्त्रीसमेत रहेका ओलीका प्रेस सल्लाहकार सूर्य थापाकाअनुसार ओली–नेपालबीच मेरियट होटलमा वार्ता शुरु भएको हो ।

यसअघि ओली–नेपालबीच बुधवार पनि छलफल भएको थियो । छलफलमा उनीहरुले आ–आफ्नो अडान दोहोर्याएका थिए ।

गत वर्षको फागुन २३ गते सर्वोच्च अदालतले नेकपा नाम ऋषि कट्टेललाई दिएपछि साविककै अवस्थामा पुगेको एमाले समानान्तर गतिविधिका कारण फुटको सन्निकट पुगेको छ । दुवै समूहका नेताहरुले पनि मिलेरै जाने निष्कर्ष निकाले पनि सोअनुसार काम भइरहेको छैन ।

प्रतिक्रिया