इन्स्पेक्टर थापा महिनाको सर्वोत्कृष्ट प्रहरी

काठमाडौं । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा कार्यरत प्रहरी निरीक्षक रोशन थापा चैत महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषित भएका छन् ।

नेपाल प्रहरीको बागमती प्रदेश प्रहरी कार्यालय तथा मातहतमा कार्यरत प्रहरी कर्मचारीहरुबाट सम्पादित कार्यको उचित मूल्यांकन गरी कार्यसम्पादनको स्तरमा प्रभावकारीता एवं थप हौसला प्रदान गर्ने उद्देश्यले बागमती प्रदेश प्रहरी कार्यालयले महिनाको उत्कृष्ट प्रहरी छनौट कार्यविधी २०७७ मा उल्लेखित व्यवस्थाअनुसार चैत महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गरीएको जनाएको छ ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा कार्यरत प्रहरी निरीक्षक रोशन थापाले आफूलाई सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक एवं प्रशंसनीय ढंगबाट सम्पन्न गरेकाले उनलाई चैत महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गरिएको बताएको छ ।

प्रतिक्रिया