अख्तियारले ‘स्टिङ अपरेसन’ गर्न नपाउने : सर्वोच्च

काठमाडौं । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अब स्टिङ अपरेसन गर्न नपाउने आदेश गरेको छ ।

अख्तियारको स्टिङ अपरेसन खारेज गर्न माग गरी अधिवक्ता विष्णुप्रसाद घिमिरेले दिएको निवेदनमा अदालतले स्टिङ अपरेसन खारेजको आदेश गरेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेको संवैधानिक इजलासले बुधबार यस्तो आदेश गरेको हो ।

अधिवक्ता घिमिरेको निवेदनमा स्टिङ अप्रेसन संविधानले सुनिश्चित गरेको व्यक्तिको मर्यादा, गोपनीयता र स्वतन्त्रताविरुद्ध भएको र आयोग नियमावलीको नियम ३० को व्यवस्था (स्टिङ अप्रेसन गर्नसक्ने) संविधानका विभिन्न प्रावधानसँग समेत बाझिएको भन्दै त्यसलाई बदर गर्न माग गरिएको थियो ।

प्रतिक्रिया