‘सत्यम्’मा साम्राज्ञी !

काठमाडौँ । चलचित्र ‘सत्यम्’ को चर्चा चलेको लामै समय भयो ।

चलचित्रमा राजेश हमाल हुने विषय उठाएर निर्माताले चलचित्र बन्नुअघि नै दर्शकले सम्झिने वातावरण बनाएका छन् ।

अहिले आएर यो चलचित्रमा साम्राज्ञी आरएल शाह हुने चर्चा चल्न थालेको छ । तर उनी पनि हुने/नहुने पक्का छैन ।  भुवन केसीसँगको विवाद पश्चात् साम्राज्ञीलाई लिन निर्माता हच्किएका छन् ।

उपासना सिंह ठकुरी पक्का भएको तर सम्झौता गर्न बाँकी भन्दै प्रचार गरियो । तर डिसेम्बर फल्समै केमेस्ट्री जमेका आर्यन सिग्देलसँग उनी ‘मिरर’ चलचित्रमा जोडी बन्दैछिन् ।

चलचित्रका लागि राजेशसँगै पल शाह र अनुप विक्रम शाही भने फाइनल भएका छन् ।

प्रतिक्रिया