सभामुख सापकोटाविरुद्धका मुद्दाको पेसी हेर्न भ्याइएन

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाविरुद्धका तीनवटा मुद्दाको पेसी हेर्न नभ्याइने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा बुधवार पेसीमा चढे पनि हेर्न नभ्याइनेमा परेको हो ।

संवैधानिक इजलासमा राणासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा छन् ।

यसअघि पनि सापकोटाका मुद्दा पटक–पटक पेसी तोकिएपनि हेर्न नभ्याइनेमा पर्दै आएको थियो ।

प्रतिक्रिया