निडर ‘निर्माता’

काठमाडौँ । कोरोना संक्रमण फैलिँदैछ । तर नेपाली निर्मातामा भय देखिएको छैन । उनीहरू निरन्तर छायाङ्कनमा व्यस्त छन् ।

यसै सातामात्रै केही चलचित्र छायांकनमा गएका छन् भने केही तयारीमा छन् ।  सरकारले हुलमुल नगर्न दिएको निर्देशनको अवज्ञा गर्दै उनीहरू आफ्नो काम अघि बढाउँदैछन् ।

चलचित्र ‘घिन्ताङ’ सोमबारबाट छायांकनका लागि तयार थियो । तर नायिकालाई नै कोरोनाले आक्रमण गर्‍यो । यसअघि समेत निर्माता/निर्देशक दीपक श्रेष्ठलाई भएको संक्रमणका कारण छायांकन पछि सरेको थियो ।

सोमबारमात्रै चलचित्र प्रेमगन्ज र बाबरीले छायांकन सुरु गरेका छन् । बिहीबारबाट चलचित्र ‘आधी तुफान २’ को छायांकन सुरु हुने तयारीमा छ ।

सरकारले २५ जनाभन्दा बढी जम्मा नहुन निर्देशन आएको छ । यता चलचित्र बनाउन लागि परेकाहरू जम्बो टिम लिएर देशैभर छरिएका छन् । चलचित्र नचल्दा पनि बनाइरहने, रोगसँग समेत नडराउने ! नेपाली चलचित्र निर्माता झैँ निडर त को होला र ?

प्रतिक्रिया