दोस्रो चलचित्रमा अदिति‚ कोरोना बाधक

काठमाडौँ । चलचित्र ‘बाबरी’का लागि अदिति बुढाथोकी लेटाङ पुगेकी छन् । उनले ‘कृत’ चलचित्रको अभिनयपश्चात् ३ वर्षको ग्याप लिएर यो चलचित्र गर्दैछिन् । होम प्रोडक्सनको चलचित्रमा काम गर्दै गरेकी उनी पुनः सुरेन्द्र पौडेलको निर्देशनमा काम गर्न लागेकी हुन् ।

हिजो नै चलचित्रको छायांकन सुरु भएको छ भने हिजोबाट नै सरकारले हुलमूल नगर्न आदेश दिएको छ । चलचित्रको छायांकन लेटाङसँगै बुधबारे र सिक्किममा हुनेछ । भारतमा कोरोनाको संक्रमण बढिरहेको छ । नेपाल पनि खुला सिमानाका कारण सुरक्षित भने छैन ।

आफ्नै घरको काम, तीन वर्षपछिको कमब्याक अनि कोरोनाको प्रहारले केही कठिनता निम्त्याउने देखिएको छ ।

प्रतिक्रिया