पदमुक्त बादलको आजै पुनःनियुक्ति, ५ बजे सपथ

काठमाडौँ । रामबहादुर थापा ‘बादल’ले आज साँझ पुनः गृहमन्त्रीको शपथ लिने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बादललाई एमाले नेताको हैसियतमा गृहमन्त्रीमा पुनर्नियुक्तका लागि सिफारिस गरेका हुन् ।

राष्ट्रिय सभा सदस्य पद खारेज भएसँगै उनी गृहमन्त्रीबाट पद पदमुक्त भएका थिए । सांसद पद नभएका व्यक्तिलाई ६ महिनाका लागि प्रधानमन्त्रीले मन्त्री नियुक्त गर्ने प्रावधानअनुसार बादललाई गृहमन्त्रीमा पुनर्नियुक्तका लागि सिफारिस गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

उनका अनुसार बादलले आज साँझ ५ बजे राष्ट्रपति भवनमा पद तथा गोपनियताको शपथ लिने भएका हुन् । उनी २०७४ सालमा नेकपा माओवादी केन्द्रबाट बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया