अब सांसद रहेनन् रामबहादुर थापा

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ राष्ट्रिय सभा सांसदको पदबाट पदमुक्त भएका छन् । नेकपा माओवादी केन्द्रका तर्फबाट सांसद बनेका थापा माओवादी केन्द्र त्यागेर नेकपा एमाले प्रवेश गरेसँगै उनी सांसद पदबाट पदमुक्त भएका हुन् ।

संघीय संसद सचिवालयले सूचना निकालेर थापा पदमुक्त भएको जानकारी दिएको हो । उनले दल त्याग गरेको सूचना माओवादी केन्द्रले संघीय संसद सचिवालयलाई दिएको थियो । सो सूचना अनुसार नेपालको संविधानको धारा ८९ को खण्ड (ङ) बमोजिक राष्ट्रिय सभा सदस्य बादलको पद रिक्त भएको हो ।

‘राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३५ को उपदफा (२ तथा राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १८६ को उपनियम (२) बमोजिम राष्ट्रिय सभा अध्यक्षबाट स्वीकृत भए बमोजिम यो सूचना प्रकाशित गरिएको छ,’ सूचनामा भनिएको छ । उनी २०७४ को राष्ट्रिय सभा निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट बाग्मती प्रदेशबाट निर्वाचित भएका थिए ।

हेर्नुस् सूचना :-

प्रतिक्रिया