सचिन परियारप्रति बद्री पङ्गेनीको चिन्ता

काठमाडौँ । लोक गायक बद्री पङ्गेनी बाल कलाकार सचिन परियारप्रति चिन्तित देखिएका छन् । उनले सचिनका बुबा-आमासँग अन्तर्वार्ता लिँदै गर्दा सचिन र उनका भाइ बहिनीलाई सँगै नराख्न आग्रह गरेका छन् ।

फेसबुकमार्फत पोस्ट गर्दै उनले अन्तर्वार्तामा सचिनका बुबा-आमाको अस्वाभाविक संवाद त्यहाँ प्रयोग भएका शब्द र भावहरूले बाल मस्तिष्कमा असर पार्ने भन्दै यस विषयमा विचार गर्न युटुबरहरूसँग आग्रह गरेका छन् ।

नौ वर्षका सचिन परियार सामाजिक सञ्जालमा परिचित छन् । लोक दोहोरी कार्यक्रम इन्द्रेणीमा आएसँगै उनको अध्ययनको जिम्मासमेत यही समूहले लिएको छ ।

दोहोरी गाउनेदेखि अभिनयसमेत गर्न थालेका उनी पारिवारिक सदस्यका कारण विवादमा देखिएका छन् ।

प्रतिक्रिया