चट्याङ लाग्दा दुई घर जलेर खरानी

ओखलढुंगा । ओखलढुंगामा चट्याङ लागेर आगलागी हुँदा दुई घर नष्ट भएको छ । लिखु गाउँपालिका वडा नम्बर ८ मा चट्याङले सोही गाउँपालिका अध्यक्ष र वडाध्यक्षको घर जलेर नष्ट भएको हो ।

गाउँपालिका अध्यक्ष गोविन्दबहादुर पौडेल र उनका भाइ वडा नम्बर ८ का वडाध्यक्ष विशालकुमार पौडेलको घर चट्याङपछि आगलागी हुँदा जलेर ध्वस्त भएको हो । गएराति हावाहुरीसँगै परेको चट्याङले घर ध्वस्त भएको छ भने मानवीय क्षती भने नभएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

आगलागीबाट घर भित्रका सबै सामान जलेर नष्ट भएको छ । क्षतीको बिवरण आउन बाँकी रहेको प्रहरीले जनाएकोछ । गाउँपालिकाको अध्यक्ष पौडेलको घरमा चट्याङ परेर आगलागी भएपछि त्यो आगो वडाअध्यक्ष भाईको घरमा सरेको थियो । चट्याङ परेर घर आगोलागी भएपछि भाग्ने क्रममा एकजना घाईते भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया