रिद्धि सिद्धिले ग्राहकलाई शिलान्यास पूजा सामग्री प्रदान गर्ने

काठमाडौँ । रिद्धि सिद्धि सिमेन्टले नयाँवर्ष २०७८ को अवसरमा शिलान्यास गर्न चाहने ग्राहक शिलान्यास पूजा सामग्री सेट प्रदान गर्ने भएको छ । कम्पनीले केही महिना अघि ल्याएको ‘शिलान्यास रिद्धि सिद्धिसँग’ नामक योजनालाई निरन्तरता दिदै पूजा सामग्री सेट प्रदान गर्ने भएको हो ।

कम्पनीले प्रदान गर्ने उक्त पूजा सेटमा तामाको कलश ५ थान, चाँदीको कछुवा १ थान, चाँदीको नाग र नागिन १ जोडी, चाँदीको सिक्का १० ग्राम १ थान, हात्तीको प्रतिमा १ थान, जौ, तिल, कुश १ प्याकेट, पञ्चरत्न धातु १ थान, सलाई १ थान, बाटेको धुप १ प्याकेट र कपुर १ थान रहने छ ।

योजनाको लाभ उठाउन ग्राहकले कम्पनीको निःशुल्क टोल फ्री नम्बर १६६००११२४४४ (नेपाल टेलिकम)/९८०१५७२११२ (एनसेल) मा सम्पर्क गर्न सक्नेछन् ।

साथै, कम्पनीको आधिकारिक फेसबुक पेजको विज्ञापन क्लिक गरी वा पत्रिकामा प्रकाशित विज्ञापनमा रहेको क्युआर कोर्ड स्क्यान गरी रिद्धि सिद्धि सिमेन्टको वेबसाइटमा गइ त्यहाँ रहेको फारम भर्नु पर्नेछ । अथवा, रिद्धि सिद्धि सिमेन्टको आधिकारिक विक्रेतामा सम्पर्क राख्नु पर्नेछ ।

यो योजना प्रथम १००० उपभोक्तालाई मात्र लागु हुनेछ र यसका लागि न्यूनतम शिलान्यासको अवसरमा १०० बोरा सिमेन्ट खरिद गरिएको हुनु पर्नेछ ।

प्रतिक्रिया