सर्वोच्चमा सिफारिस दुई न्यायाधीशको सुनुवाइ आज हुने

काठमाडौं । सर्वोच्च अदालतमा न्यायाधीशमा प्रस्तावित नहकुल सुवेदी र कुमार चुडालको शुक्रवार (आज) सुनुवाइ हुँदैछ ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको नेतृत्वमा रहने न्यायपरिषद् बैठकले गत फागुन २८ गते उनीहरुलाई सिफारिस गरेको थियो ।

संसदीय सुनवाइमा उनीविरुद्ध सात वटा उजुरी परेका छन् । समितिले उजुरीकर्ताहरुसँग छलफल गरिसकेको छ । यसपछि आज सुनुवाइ हुने भएको हो ।

सुवेदीविरुद्ध सर्वोच्च अदालतमा योग्यतासम्बन्धी प्रश्न उठेकोमा सर्वोच्च अदालतले सुवेदीको योग्यता पुग्ने फैसला गरेको थियो ।

प्रतिक्रिया