कांग्रेस वरिष्ठ नेता पौडेलका माइला भाइको निधन
२०७७ चैत ३० गते

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका माइला भाइ गोविन्दराज पौडेलको निधन भएको छ । चितवनको रत्ननगर बस्दै आएका उनको निधन भएको नेता रामचन्द्र पौडेलले सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन् ।
वरिष्ठ नेता पौडेलले आफ्नो राजनीतिक जीवनकालमा सधै सहयोगी भूमिका निर्वाह गरेका भाइ गोविन्दको निधनले एक्लो भएको महशुस भएको बताए । ‘गोविन्द नाताले भाइ भए पनि मेरो साथी जस्तै गरि सबै कुरामा सहयोगी थिए’, पौडेलले भनेका छन्, ‘प्रिय भाइ गोविन्द तिम्रो आत्माको चीर शान्तिको कामना गर्दै स्वर्गबासको कामना गर्दछु ।’
२०७७ चैत ३० गते
प्रतिक्रिया
सम्बन्धित








