केकीको ‘कपाल’

काठमाडौँ । चलचित्र ‘घिन्ताङ’ मा नायिका केकी अधिकारी अनुबन्धित भएकी छन् । नायिका परिवर्तनको लामै चक्करपछि उनले उक्त चलचित्रमा अभिनयको अवसर पाएकी हुन् ।

तर उनकाे कपालका कारण समस्या हुने देखिएको छ । दीपक श्रेष्ठको निर्माण/निर्देशनमा बन्ने चलचित्रमा केकीले कपाल के गर्लिन् भन्ने समस्या देखिएको हाे । नायिका केकीले एक चलचित्रको भूमिकाका लागि कपाल काटेकी थिइन् । चलचित्रको नाम भने अहिलेसम्म सार्वजनिक भएको छैन ।

श्रेष्ठको चलचित्रमा एक अधबैँसे विधवाको भूमिकामा देखिनुपर्ने केकीको कपाल मुडुलो छ । अब यो चरित्रमा न्याय दिन उनले नक्कली कपाल प्रयोग गर्नुपर्ने हुन्छ ।

पछिल्लो चलचित्र ‘छ माया छपक्कै’ सफल भएपछि उनले चरित्रमा मेहनत गर्नुपर्ने प्रेसर पनि छ । यही बिच उनको नक्कली कपालले पनि समस्या सिर्जना हुने हो की !

एउटा चलचित्रका लागि कपाल खौरिएकी केकी अर्को चलचित्रको लागि अब के गर्लिन् त ?

प्रतिक्रिया