चलचित्रकर्मीको फेसबुक ह्याक गर्ने १४वर्षीय बालक पक्राउ

काठमाडौँ । चलचित्रकर्मीको फेसबुक ह्याक गर्ने व्यक्तिलाई प्रहरीले पक्रिएको छ । निर्देशक तथा हास्य कलाकार दीपा श्री निरौला, अभिनेता सरोज खनाल लगायतका कलाकारहरूको फेसबुक केही दिन अघि  ह्याक भएको थियो । यही प्रकरणमा नेपाल  प्रहरीको साइबर ब्युरोले पर्सा बहुदजरमाई नगरपालिका-५ बस्ने १४ वर्षीय बालकलाई पक्राउ गरेको हो ।

कलाकर्मीले फेसबुक ह्याक गरेर विभिन्न व्यक्तिसँग पैसा मागेको भन्दै प्रहरीमा उजुरी दिएका थिए । जाहेरीपछि प्रहरी फेसबुक ह्याक गर्ने व्यक्तिको खोजीमा जुटेको थियो ।

जिल्ला अदालत काठमाडौँको पक्राउ अनुमतिपछि जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा उनी पक्राउ परेका हुन् । अहिले उनलाई अनुसन्धानका लागि टेकुमा राखिएको छ ।

प्रतिक्रिया