माओवादीद्वारा एमालेमा गएका चार मन्त्रीको सांसद पद खारेज गर्न सचिवालयमा पत्र

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले पार्टी परित्याग गरी नेकपा एमालेमा गएका आफ्ना चार संसदलाई कारबाही गरेको छ ।

पार्टीले प्रतिनिधिसभा सदस्य रहेका चार जनालाई कारबाहीको पत्र सचिवालयमा पठाएको माओवादीनिकट एक नेताले जानकारी दिए ।

माओवादी केन्द्रले टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभू साह, र गौरीशंकर चौधरीलाई पार्टीबाट कारबाही गर्दै संसद पद निलम्बन गर्न संसद सचिवालयमा पत्र पठाएको हो ।

प्रतिक्रिया