‘सूर्यवंशी’ निर्धारित मितिमा प्रदर्शन नहुने

एजेन्सी । चलचित्र ‘सूर्यवंशी’ को प्रदर्शन पूर्व निर्धारित समयमा नहुने भएको छ । भारतमा कोरोना सङ्क्रमण बढेपछि निर्माण टिमले चलचित्र प्रदर्शन अनिश्चित कालका लागि स्थगन गर्ने निर्णय गरेको हो । रोहित सेट्टी निर्मित तथा निर्देशित चलचित्र ३० अप्रिलबाट प्रदर्शनमा आउने तयारीमा थियो । यसअघि पनि कोरोनाका कारण रिलिज रोकिएको थियो । चलचित्रमा अक्षय कुमार, कैटरीना कैफ, अजय देवगण र रणवीर सिंहको अभिनय रहेको छ ।

सङ्क्रमण बढ्न थालेपछि मुम्बईमा रात्रि कालिन कर्फ्यु लगाइएको छ भने विकेन्डमा लकडाउन घोषणा गरिएको छ । जसले गर्दा प्रदर्शनको तयारीमा रहेका प्रायः चलचित्रको छायाङ्कन स्थगन भएको छ । यसअघि कोरोनाका कारण ‘चेहरे’ र ‘बन्टी और बब्ली २’ ले रिलिज रोकेका थिए । अब सलमान खानको ‘राधे’ र कङ्गना रनावतको ‘थलाइवी’ को रिलिज पनि पोस्टपोन्ड हुने देखिएको छ ।

प्रतिक्रिया